If you are associated with NSA-Auburn University and would like to share articles, news and any other information to get featured, submit here. We will inspect the content and publish it after approval.

म घर जाने

हजुरबुबा ले बजाएको शंख र आमाले बजाएको पूजाको घण्टी सुन्नु नपाएको धेरै भयो

स्कूल जाने बेलामा हजुर आमाले टिका लगाइदिनु हुन्थ्यो

हजुरबुबाले प्रसाद दिनु हुनथ्यो

हजुरबुबाको हराएको चस्मा मैले नै भेटिदिन्थ्ए

हजुरआमा को पूजाको थाली मैले नै माजिदिन्थ्ए

बा आमाको हातबाट टिका नलगाएको धेरै भयो

यो दशैँमा त, म घर जाने

बुबासंग टिभी हेर्दै मिठा मिठा गफ गरिन्थ्यो

बुबाले, छोरी तिमिले धैरै पढ्नुपर्छ

आफनो खुट्टामा उभिन सकने हुनपर्छ

राम्रो काम गर्नु , ठूलो व्यक्ति बन्नु

अहिले मेहेनत गेरे पछी सुख पाइन्छ भन्नुहुन्थ्यो

बुबाको हात शिर माथी राखी आशिर्वाद नलिएको धेरै भयो

यो दशैँमा त, म घर जाने

मम्मीसंग किनमेल गर्नु बजार गइन्थ्यो

मसला पीस्नु गइन्थ्यो, चिउरा कुटन गइन्थ्यो

आधि रातमा उठेर, खुट्टा दुख्यो मम्मी भन्नु पाइन्थ्यो

भोक लाग्यो मम्मी भन्नु पाइन्थ्यो

मम्मीको हातले बनाएको खाना खान नपाएको धेरै भयो

सेलरोटी र अचार खान नपाएको धेरै भयो

यो दशैँमा त, म घर जाने

भाइ बैनीसंग सानो चकलेटको लागी झगडा गरिन्थ्यो

राम्रो टिसर्ट बैनीले ल्याए चोरेर लगाइँन्थ्यो

टिभी को रिमोट खोसा खोस गरिन्थ्यो

बाजा बाज गरिन्थ्यो

भाइ बैनीसंग भाइटिका नमनाएको धेरै भयो

यो दशैँमा त, म घर जाने

साथीभाइसंग पिङ खेल्नु गइन्थ्यो

चोकको पसलमा बसेर चिया र चटपट खाइन्थ्यो

कहिले, ख्याल ठट्टा गर्दै एक-अर्कोलाइ जिस्काइन्थ्यो

त कहिले, ठूला ठूला सपनाका भारि बिसाइँन्थ्यो

साथीभाइसंग देउसी र भइलो नखेलेको धेरै भयो

यो दशैँमा त, म घर जाने

यो दशैँमा त, साँच्चै घर जाने

बडादशैं 2079को मंगलमय शुभकामना

    मनिषा पराजुली